३० फागुन,बारा — ब्राह्मण समाज नेपाल बाराको जिल्ला अधिवेशन सम्पन्न गराउने उद्देश्यले आयोजित जिल्ला सभाले अनिल कुमार पाण्डेयको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ। समितिले अबको ६ महिनाभित्र बाराका सबै स्थानीय तहमा पालिका स्तरीय ब्राह्मण समाज नेपाल गठन गरी जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको छ।
तोकिएको अवधिभित्र अधिवेशन सम्पन्न हुन नसके एक पटकका लागि थप ६ महिनासम्म म्याद थप गर्न सकिने जानकारी कार्यक्रमका प्रमुख अतिथि तथा ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश प्रमुख देवनाथ उपाध्यायले दिएका छन्।
उनले समाजलाई जिल्लाभरि सुदृढ, संगठित र सक्रिय बनाउँदै स्थानीय तहसम्म संरचना विस्तार गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए। उनले तदर्थ समितिलाई समयमै पालिका समिति गठन गर्दै जिल्ला अधिवेशन सम्पन्न गर्न सुझावसमेत दिएका थिए।
ब्राह्मण समाज नेपाल बाराका कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय संस्थापक सचिव अरुण दुबे, केन्द्रीय सचिव प्रेमलाल पाण्डेय, केन्द्रीय सह–कोषाध्यक्ष रामबिहारी पाण्डेय, ज्योतिष परिषद् नेपाल मधेश प्रदेश अध्यक्ष ज्ञानेश्वर तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले ब्राह्मण समाजलाई संस्थागत रूपमा बलियो बनाउन एकता, सक्रियता र संगठन विस्तार अपरिहार्य रहेको धारणा राखेका थिए।
उक्त सभाबाट अध्यक्ष अनिल पाण्डेय, उपाध्यक्ष राजेश तिवारी, उपाध्यक्ष धिरेन्द्र तिवारी, सचिव प्रधुमन दुबे, कोषाध्यक्ष आसुतोष पाण्डेय, सह–सचिव दिलिप शुक्ला चयन भएका छन्। सदस्यहरूमा संजय तिवारी, जटाशंकर मिश्रा, सुजित पाण्डेय, शिवशंकर मिश्रा, यश कुमार मिश्र, आनन्द तिवारी, शैलेन्द्र उपाध्याय, मोहन लामिछाने, अंजना खनाल, विजय पाण्डेय, वेद प्रकाश दुबे, संजय तिवारी, अनिल पाण्डेय, आनन्द तिवारी, तिलेन्द्र पुरुष ढकाल, चन्द्रभूषण शर्मा, कृष्ण मिश्रा, धिरेन्द्र दुबे र रामविनय दुबे रहेका छन्।
त्यसैगरी सल्लाहकारहरूमा डा. विकेश पाण्डेय, अकलेश तिवारी, प्रेमलाल पाण्डेय, ज्ञानेन्द्र पाण्डेय, धर्मेन्द्र तिवारी, रामायण तिवारी, अरुण दुबे, शशिकान्त (पिटु) मिश्रा, विजय किशोर पाण्डेय, राकेश पाण्डेय, राजिव पाण्डेय, उमेश दुबे, चन्द्र किशोर पाण्डेय, विनायक ठाकुर र अरुण कुमार तिवारी रहेका छन्।
लामो समयदेखि जिल्ला अधिवेशन हुन नसकेको अवस्थामा तदर्थ समिति गठनलाई संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

