मंसिर १५, काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण शाहको सोमबार बिहान उपचारका क्रममा निधन भएको छ। स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेपछि आइतबार नै परिवारले उनलाई बेहोस अवस्थाबाट सिभिल अस्पतालमा भर्ना गराएको थियो।
अस्पताल स्रोतका अनुसार शाहलाई एक हप्तादेखि मधुमेहसम्बन्धी समस्या र पिसाबको संक्रमणले निकै थकित बनाएको थियो। संक्रमण शरीरभरि फैलिँदै जाँदा अवस्था जटिल बनेको चिकित्सकले बताएका छन्।
“उहाँ एक हप्तादेखि बिरामी हुनुहुन्थ्यो। मधुमेहको समस्या र युरिनरी इन्फेक्सन दुवैले स्वास्थ्य जटिल बनाएको थियो। अस्पताल ल्याउँदा बेहोसी हुनुहुन्थ्यो,” एक चिकित्सकले जानकारी दिए।
रामनारायण शाहको अवस्था बुझ्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले मेयर शाहसँग समवेदना व्यक्त गर्नुका साथै भेन्टिलेटरमा रहेका अन्य बिरामीहरूको अवस्थाबारे पनि जानकारी लिएकी थिइन्।



Leave a Reply