मालान र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई १७७ रनको चुनौती

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१६ मंसिर, काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले दमदार ब्याटिङ प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो।
चितवनका ओपनरहरू डाविड मालान र अर्जुन साउदले उत्कृष्ट सुरुआत दिलाउँदै पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे।

मालान–अर्जुनको शानदर सुरुआत

डाविड मालान– ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८० रन

अर्जुन साउद– ३९ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन

नियमित ओपनर दीपक बोहरालाई आराम दिँदै आज पहिलो पटक अर्जुन साउदलाई मालानसँग ओपनिङमा उतारिएको थियो, जसले उत्कृष्ट नतिजा दियो।
यी दुवैले यस सिजनको चौथो शतकीय साझेदारी गर्दै पहिलो विकेटका लागि सिजनकै सर्वाधिक रन बनाएका हुन्।

मध्यक्रममा दबाब

शानदार सुरुआतपछि मध्यक्रमले भने अपेक्षित प्रदर्शन गर्न सकेन।

सैफ जैब – ५ बलमा ७ रन

रविभाई बोपारा – ५ बलमा ३ रन
दुवै छोटो स्कोरमै पavilion फर्किए।

१९औं ओभरमा माज सदाकतको बलमा एलबीडब्लु आउट हुने क्रममा मालान पनि फर्किए।

कुशल मल्लको दमदार फिनिस

कप्तान कुशल मल्लले अन्तिम ओभरमा दुई छक्का र एक चौकासहित आक्रामक पारी खेले। उनले १४ बलमा अविजित ३० रन जोडे।
उनको उत्कृष्ट फिनिसिङले टोलीको स्कोर १७६ रनसम्म पुर्‍यायो।

जनकपुरका बलरहरूको प्रदर्शन

माज सदाकत, अनिल शाह र रुपेशले जनकपुरका लागि विकेट लिएका थिए। बीचमा केही क्याच छुटे पनि जनकपुरले दोस्रो पालीमा सानदार ब्याटिङ गर्दै लक्ष्य पछ्याउने प्रयास गर्नेछ।

Leave a comment