इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै प्रभावशाली जित दर्ता गरेको छ।
गएराति दिल्लीमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको Delhi Capitals ले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो। टोलीका लागि पथुम निसान्काले ५० रनको अर्धशतकीय योगदान दिए भने आशुतोष शर्माले ३९ रन जोडे। अन्य ब्याटरहरू ठूलो स्कोर बनाउन असफल रहे।
बलिङतर्फ Kolkata Knight Riders का कार्तिक त्यागी र अनुकूल रोयले समान २–२ विकेट लिए भने क्यामरुन ग्रीनले १ विकेट हात पारे।
१४३ रनको लक्ष्य कोलकाताले निकै सहज रूपमा १४.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। टोलीका लागि फिन एलेनले विस्फोटक शतकीय पारी खेल्दै १०० रन बनाए। क्यामरुन ग्रीनले ३३ रन र अजिन्क्या रहाणेले १३ रनको योगदान दिए।
यस जितसँगै कोलकाता १० खेलबाट ९ अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ। दिल्ली भने थप दबाबमा परेको छ।
कोलकाताको सहज जित, दिल्ली ८ विकेटले पराजित
Leave a Comment
Leave a Comment





