बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, ३ दिनको म्याद थप

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ मंसिर, बुटवल ।
बहुविवाहसम्बन्धी मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार नेपालमाथि आवश्यक अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी स्वयं मंगलबार साँझ प्रहरीसमक्ष उपस्थित भएका थिए।

उनको पहिलो श्रीमतीको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। “बहुविवाहको मुद्दा दर्ता भएपछि उहाँ आफैँ आउनुभयो। नियमानुसार पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थपी अनुसन्धान अघि बढिरहेको छ,” एसपी क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार डीएसपी नेपालकी भनिएका दोस्रो श्रीमतीको खोजी कार्य जारी छ।
नेपाल नवलपरासी पूर्वमा कार्यरत रहेका थिए। यसअघि प्रहरी निरीक्षकको हैसियतमा बुटवल वडा प्रहरी कार्यालयमा इन्चार्ज रहँदा गाँजासम्बन्धी आर्थिक लेनदेनमा संलग्न रहेको आशंकामा उनी विभागीय कारबाहीमा समेत परेका थिए।

प्रहरीले बहुविवाहसम्बन्धी थप प्रमाण संकलनको काम तीव्र बनाएको जनाएको छ।

Leave a Comment