सर्लाहीमा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ कार्तिक ,सर्लाही । सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुर बजारमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

गएराति भित्री सडक खण्डमा सल्लेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको आलु–प्याज लोड गरिएको ज.१ त ६२०३ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको बा.४७ प ९८९२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको चन्द्रपुर गाउँपालिका–५ मोहनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार सर्लाहीकै बरहथवा नगरपालिका–७ निवासी १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment