२६ मंसिर ,काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भाग लिन आवेदन दिएका दलहरूको अन्तिम नामावली आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ। नामावली सार्वजनिकसँगै आयोगले सम्बन्धित दलहरूलाई चुनाव चिन्ह पनि आजै प्रदान गर्नेछ।
समानुपातिकतर्फका निर्वाचन अधिकृत कार्यालयका अनुसार नाम फिर्ता लिन बिहीबार अन्तिम म्याद भए पनि कुनै पनि दलले नाम फिर्ताको निवेदन दिएको छैन।
कति दलले दिए आवेदन?
यसपटक समानुपातिक प्रणालीमा भाग लिन ९३ राजनीतिक दलले निवेदन दिएका छन्। आयोगले ती निवेदनको छानबिन गरी कुन–कुन दल चुनावमा सहभागी हुने भन्ने अन्तिम सूची आज प्रकाशित गर्नेछ।
अबको प्रक्रिया
नामावली सार्वजनिक भएपछि दलहरूले उम्मेदवारको बन्दसूची (Closed List) पेश गर्न २ हप्ता समय पाउनेछन्।
बन्दसूची पुस १३ गतेसम्म बुझाउनुपर्ने
प्रत्यक्ष प्रणालीतर्फको निर्वाचन कार्यक्रम माघ ६ गतेबाट सुरु हुने
आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार अब दलहरू अन्तिम तयारीतर्फ लाग्नेछन्।


