कार्की सरकारले थपे ४ मन्त्री, मन्त्रिपरिषद् १४ सदस्यीय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ मंसिर ,काठमाडौँ —
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार मन्त्री थपेपछि सरकारले १४ सदस्यीय मन्त्रिपरिषद्को स्वरूप पाएको छ। आज कैबिनेटमा ४ नयाँ अनुहार समावेश गरिएका हुन्।

नयाँ नियुक्त मन्त्रीहरू

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण : कुमारसिंह इङ्नाम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा : राजेन्द्रसिंह भण्डारी

वन तथा वातावरण : माधव चौलागाईं

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक : श्रद्धा श्रेष्ठ

प्रधानमन्त्री भएलगत्तै ११ भन्दामाथि मन्त्री नबनाउने प्रतिज्ञा गरेकी कार्कीले विस्तारसँगै मन्त्री संख्या बढाएको देखिन्छ।

प्रधानमन्त्रीकै काँधमा तीन महत्वपूर्ण जिम्मेवारी

मन्त्रिपरिषद् विस्तार भए पनि कार्की आफूले नै परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय सम्हालिरहेकी छन्।

तीन मन्त्रीसँग बहु–मन्त्रालय

सरकारमा ३ मन्त्रीले एकभन्दा बढी मन्त्रालयको भार बोकेका छन्—

रामेशर खनाल : अर्थ / संघीय मामिला तथा सामान्य प्रशासन

कुलमान घिसिङ : ऊर्जा / भौतिक पूर्वाधार / सहरी विकास

अनिलकुमार सिन्हा : उद्योग / कानून / संस्कृति–पर्यटन–उड्डयन


मन्त्रिपरिषद् विस्तारसँगै सरकारको आकार र भूमिकाबारे पुनः राजनीतिक वृत्तमा छलफल सुरु भएको छ।

Leave a Comment