कलैयामा फागुन १३ गतेदेखि दादुरा-रुबेला खोपको बिशेष अभियान

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 187
पढ्न लाग्ने समय : 1 मिनेट

११ फागुन, बारा: बाराको कलैया उपमहानगरपालिकामा फागुन १३ गतेदेखि दादुरा-रुबेला रोग विरुद्ध बिशेष खोप अभियान संचालन हुने भएको छ । फागुन १७ गते सम्म संचालन हुने अभियानमा ४७ हजार बालबालिकालाई खोप लगाईने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय जयसवालले जानकारी गराउनु भयो । नौ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई अभियान अन्तरगत खोप लगाईने जयसवालले जानकारी गराउनु भयो । उपमहानगरका हरेक विद्यालयका बालबालिकाका साथै २७ वटै वडाका बालबालिकालाई खोप लगाईने प्रमुख जयसवालले जानकारी गराउनु भयो । एक सय ७७ वटा खोप केन्द्र मार्फत खोप चलाईने छ ।
नियमित खोप लगाएका बालबालिकाले पनि अभियानमा खोप लगाउनु पर्ने नगरपालिकाले जनाएको छ । कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन स्वास्थ्य शाखा प्रमुख जयसवालले आग्रह गर्नु भयो । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले फागुन १३ गते नगर प्रमुखको नेतृत्वमा तीनवटा खोप केन्द्रबाट खोप अभियानको शुरूवात गरिने जानकारी गराउनु भयो । वहाँले यो अभियानलाई उत्सवको रुपमा लिएर आआफ्ना बालबालिकालाई खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गर्नु भयो ।