सिकेन्द्र पासवान
बारा २१ पुस
बारा जिल्लाको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिर अवस्थित महागढीमाई नगरपालिकाको नवौं हिउदे पुरक नगरसभा (आर्थिक वर्ष २०८२÷०८३) भव्यताका साथ सम्पन्न भएको छ ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त सभाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ। नगर प्रमुख यादवले नगरसभामा कुल ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
संघीय अनुदान तर्फ समानीकरण, सशर्त र विशेष अनुदान, आन्तरिक स्रोत तर्फ नगरपालिकाको आफ्नै आम्दानीबाट ९ करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारको तर्फबाट प्रदेश समानीकरण र सशर्त अनुदान गरि जम्मा बजेट रहेको छ ।
नगरपालिकाले यस पटक शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेको छ भने निःशुल्क सेवा नगरबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा र कृषिमा प्रयोग हुने विद्युत महसुलमा पूर्ण छुट दिने घोषणा गरिएको नगरप्रमुख यादवले जानकारी दिए । शिक्षा र रोजगारीः प्राविधिक शिक्षाको विस्तार र युवाहरूलाई स्वरोजगार बनाउन सीपमूलक तालिमका लागि बजेट विनियोजन गरिएको छ। धार्मिक पर्यटन विश्वप्रसिद्ध गढीमाई क्षेत्रलाई केन्द्रमा राखी धार्मिक पर्यटन प्रवद्र्धनका योजनाहरू ल्याइएको छ । पूर्वाधार तर्फ सडक, सरसफाई र सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता हिउदे अधिवेशनले व्यक्त गरिएको छ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख यादवले हाम्रो मुख्य उद्देश्य महागढीमाईलाई कृषिमा आत्मनिर्भर र पर्यटकीय हिसाबले नमुना पालिका बनाउनु हो। केही राजनीतिक खिचातानीका बाबजुद पनि हामी नगरबासीको हकहितका लागि दृढ भएर लागेका छु उनले भने । नगरपालिकालाई हराभरा बनाउनका लागि पनि आफु पुर्ण प्रतिवद्ध रहेको सो अवश्रमा जानकारी दिएका थियो । दलित समुदायका घरको बिधुत मिटरको महसुल २० युनिट सम्मको महसुल नगरपालिकाले तिर्ने निर्णय समेत गरिएकोको नगरप्मुख यादवले भने । राजस्व वाडफाडको रकम महिना पिछे घटेर आउदा चिन्ता बढाएको नगरप्रमुख यादवले जानकारी दिए ।
सभामा उपप्रमुख तारा देवी कानु, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सभाले पारित गरेका योजनाहरूलाई अब द्रुत गतिमा कार्यान्वयनमा लैजाने निर्णय समेत गरिएको छ नगरप्रमुख यादवले भने ।
महागढीमाई नगरपालिकाको नवौ हिउदे पुरक नगरसभा सम्पन्न
Leave a Comment
Leave a Comment

