बारा प्रहरीद्वारा ३५ लाखको समान पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 58
पढ्न लाग्ने समय : 1 मिनेट

२२ फागुन,बारा: जिल्ला प्रहरीले कार्यालय बाराले सोमबार ३४ लाख ९२ हजार समान सहित ट्रक र पिकअप  नियन्त्रणमा लिएको छ।

कलैया उप-महानगरपालिका वडा नं.१२ कोईरिया टोला चौक स्थित वीरगंजबाट कलैया तर्फ आउदै गरेको यात्रु वाहक अटोमा लोड साडी ५० पिस, थानको कपडा १ थान गरी ७० हजार मुल्य को विल भरपाई नभएको समान बरामद गरेको थियो।

ईलाका प्रहरी कार्यालय अमलेखगंजले अमलेखगंज स्थित चितवनबाट वीरगंज तर्फ जादै गरेको ना.च २४० नं.को पिकअपमा लोड ८लाख ४४हजार ६५० मुल्य बराबरको बिभिन्न प्रकारको तामाका भाडाकुँडा विल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको बरामद गरेको छ।

प्रहरी चौकी पथलैयालेजीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट नुवाकोट तर्फ जादै गरेको ना.४ ख ११२७ न.को ट्रकमा लोड बिभिन्न किसिमका खुद्रा समान २५ लाख७७ हजार ७ सय ८८ मुल्य बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको समान बरामद गरेको थियो।

  • An error has occurred, which probably means the feed is down. Try again later.