२२ कार्तिक ,काठमाडौँ।
नेपाली कांग्रेसले पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै तीन दिने पार्टीस्तरीय शोक कार्यक्रम घोषणा गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको हो। बैठकले आलमको निधनले पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको उल्लेख गरेको छ।
६३ वर्षीय आलमको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको थियो। उनको निधनपछि बसेको बैठकले एक मिनेट मौन धारण गरी आत्माको चिरशान्तिको कामना गरेको छ।
कांग्रेसले देशभरका पार्टी कार्यालयहरूमा तीन दिनका लागि झण्डा आधा झुकाउने निर्णय गरेको छ। साथै, एक दिन सबै पार्टी कार्यालय बन्द रहने र १३ दिनसम्म शोक पुस्तिका राखिने जनाएको छ।
रौतहटका पूर्वजिल्ला सभापति समेत रहेका आलम नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र पूर्वमन्त्री हुन्। पार्टीले उनको योगदानलाई स्मरण गर्दै सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने तयारी गरेको जनाएको छ।



Leave a Reply