राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत, आइतबार प्रस्थान गर्ने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ माघ – राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार जापान भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म जापानमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा उहाँले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागिता जनाउनेछन्।

यस भ्रमणलाई दुई देशबीचको मैत्री सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। प्रतिनिधिमण्डलमा राष्ट्रपति पौडेलसँगै उच्चस्तरीय सरकारी अधिकारीहरू पनि सहभागी रहने जनाइएको छ।

मन्त्रिपरिषद्ले उक्त भ्रमणलाई औपचारिक स्वीकृति दिँदै राष्ट्रपति नेतृत्वको टोलीलाई कार्यक्रममा सहभागी हुन अनुमति प्रदान गरेको सरकारका प्रवक्ता अर्यालले जानकारी दिए।

Leave a Comment