गुणस्तर तथा नापतौल सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

सागर विश्वकर्मा
१६ जेठ,बारा: गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले आज शुक्रवार कलैयामा नापतौल सम्बन्धी अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।
बारा उधोग बाणिज्य सँघको सभा हाँलमा सम्पन्न कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यलयका निरीक्षक राम प्रसाद लम्सालले सहभागि ब्यवसायीहरुलाई गुणस्तर तथा नापतौल सम्बन्धी नेपाल सरकारले कार्यान्वयनमा ल्याएको निती तथा कानुन बारे जानकारी गराएका थिए ।
निरीक्षक लम्सालले नेपालको सातवटै प्रदेशमा गरी जम्मा ११ वटा मात्र गुणस्तर तथा नापतौल कार्यालय रहेको र सोही कारण सबै जिल्लाहरुका ब्यवसायी, ब्यापारीहरुसँग नियमीत रुपमा अन्तरकृया गर्न कठिनाई हुनेगरेको बताए ।

उनले ब्यवसायीहरुले नेपाल सरकारले लागु गरेको निती नियमभित्र रहेर ब्यवसाय सञ्चान गर्नुपर्ने तथा उपभोत्ताहरुले समेत कुनैपनि प्रकारको सामान खरीद गर्दा त्यसको बिल बिजक लिने, उप्दान मिति, सकिने मिति, खुद तौल, र मुल्य हेरेर मात्र खरीद गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

निरीक्षक लम्सालले नियम बिपरीत बस्तु बिक्री बतरण गर्ने ब्यापारी, ब्यवसायीहरुलाई गुणस्तर तथा नापतौल कार्यालयले नियमअनुसार २५ हजार देखि १ लाख सम्म जरिवाना गर्न सक्ने समेत बताएका थिए ।
कार्यक्रममा बारा उधोग बाणिज्य सँघका अध्यक्ष राजकुमार साह, बारा सुन चाँदी ब्यसायी सँघका अध्यक्ष शिव सरार्फ, बारा मासु ब्यवसायी सँघका अध्यक्ष भोला मियाँ लगायत बस्तुगत सँघका अध्यक्षहरु तथा कलैयाका ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Leave a Comment