२५ माघ २०८२, आइतबार
संयुक्त राष्ट्रसङ्घको जनसंख्या कोष (यूएनएफपिए)को तथ्याङ्कअनुसार अफगानिस्तान आमा र नवजात शिशुका लागि विश्वकै सबैभन्दा जोखिमपूर्ण देशहरूमध्ये एक बनेको छ। उच्च मृत्यु दर र निरन्तर आर्थिक अवरोधका कारण यहाँ जन्मिएका शिशु र आमाहरूलाई जीवनमै ठूलो खतरा रहेको स्थानीय मिडियाले शनिबार रिपोर्ट गरेका छन्।
यूएनएफपिएको प्रतिवेदन अनुसार अफगानिस्तानमा प्रति एक लाख जीवित जन्ममध्ये ५२१ नवजात शिशुको मृत्यु हुने गरेको छ। यो दर एसिया–प्रशान्त क्षेत्रमा मात्र होइन, विश्वव्यापी रूपमा पनि सबैभन्दा उच्च मानिएको छ।
हाल अफगानिस्तानमा करिब ५०० परिवारलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। २०२६ मा करिब ४५ लाख मानिसलाई दुर्गम र कम सेवा भएका क्षेत्रहरूमा विशेष ध्यान दिँदै आवश्यक स्वास्थ्य सेवा पु¥याउने योजना बनाइएको छ।
यूएनएफपिएले स्वास्थ्य कोष र प्रशिक्षित चिकित्सा कर्मचारीहरूको निरन्तर अभावलाई यहाँ रोकथाम योग्य रोगबाट हुने मृत्यु घटाउने प्रयासका लागि मुख्य चुनौतीको रूपमा चिन्हित गरेको छ।

