बारामा प्रहरीद्वारा झन्डै सावा करोड समान बरामद

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 205
पढ्न लाग्ने समय : 1 मिनेट

१ चैत्र,बारा: बारामा प्रहरीले झन्डै सावा करोडको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले एक करोड १८ लाख छव हजार एक सय ४० रुपैयाँ मुल्य बराबरको ट्रक, औषधि, कस्मेटिक्स समान, रेडिमेड कपडा लगायतका समानहरु नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटेको प्रहरी टोलीले वीरगन्जबाट बाँके तर्फ जाँदै गरेको ना ६ ख ६५१३ नम्बरको ट्रक चेकजाँच गर्दा बिल बिजकभन्दा बढी समान लोड गरेको आशंकामा ट्रक सहित समान नियन्त्रणमा लिई आवश्यक कार्बाहीकोलागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो । प्रहरीले ट्रक सहित एक करोड १७ लाख ५३ हजार सात सय ४० रुपैयाँ मुल्य बराबरको औषधि, लत्ताकपडा, कस्मेटिक्स लगायतका समानहरु नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाबाट खटेको टोलीले गौरबाट काठमाडौ जाँदै गरेको यात्री बाहक बसबाट ५२ हजार चार