१ फागुन ,ढाका-ढाकामा सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले दुई तिहाइभन्दा बढी सिट जित्दै सत्तामा पुनरागमन गर्ने सुनिश्चित भएको छ। संसदका ३०० मध्ये २०० भन्दा बढी सिट जितेपछि पार्टीका कार्यवाहक अध्यक्ष नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको हो।
६० वर्षीय तारिक प्रभावशाली ‘जिया परिवार’का उत्तराधिकारी हुन्। उनका पिता बंगलादेशका पूर्व राष्ट्रपति तथा स्वतन्त्रता घोषणाका सैन्य नेता थिए भने आमा तीनपटक प्रधानमन्त्री बनेकी नेतृ हुन्।
सन् २००१–२००६ मा बीएनपी सरकारको शक्तिशाली व्यक्तित्व बनेका तारिकमाथि भ्रष्टाचार र शक्तिको दुरुपयोगका आरोप लागेपछि २००७ मा सैन्यसमर्थित अन्तरिम सरकारले पक्राउ गरेको थियो। २००८ मा उपचारका लागि बेलायत पुगेपछि उनी १७ वर्षसम्म लन्डनमै निर्वासनमा रहे। यस अवधिमा उनीमाथि थुप्रै मुद्दा दायर भए, अदालतले दोषी ठहर गर्यो र अन्तर्राष्ट्रिय भ्रमण पनि सीमित भयो।
सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले तत्कालीन प्रधानमन्त्री को १५ वर्षे शासन अन्त्य गर्यो। हिंसात्मक प्रदर्शनपछि उनी भारत निर्वासित भइन् र अन्तरिम सरकारले हसिनाकालका राजनीतिक मुद्दाहरू खारेज गरेपछि तारिक रहमानको स्वदेश फर्कने र सक्रिय राजनीतिमा पुनरागमन गर्ने बाटो खुल्यो।
बीएनपी समर्थकहरूले उनलाई हसिनाको शासनकालको “राजनीतिक पीडित”का रूपमा चित्रित गरे, जसले उनको लोकप्रियता पुनर्जीवित गर्न मद्दत गर्यो। साथै, अवामी लिगलाई निर्वाचनमा सहभागी हुन नदिइनु पनि बीएनपीको ठूलो जितको प्रमुख कारण मानिएको छ।
अब सम्भावित प्रधानमन्त्रीका रूपमा तारिक रहमानले कमजोर अर्थतन्त्र सुधार्ने चुनौती सामना गर्नुपर्नेछ। उच्च मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति घट्दो र उद्योग सुस्त अवस्थाले सर्वसाधारणको जीवन प्रभावित भएको छ। उनले आयात प्रतिबन्ध खुकुलो पार्दै उद्योग पुनःचलायमान गर्ने, निर्यात बढाउने र विदेशी लगानी आकर्षित गर्ने नीति अघि सार्ने संकेत दिएका छन्।
यससँगै न्यायपालिका, प्रहरी र प्रशासनिक संरचनामा जनविश्वास पुनर्स्थापित गर्नु तथा अवामी लिग र बीएनपी समर्थकबीच सम्भावित तनाव नियन्त्रण गर्नु पनि नयाँ सरकारका लागि प्रमुख परीक्षा हुने देखिन्छ।
दीर्घ निर्वासनपछि राजनीतिमा पुनरागमन गरेका तारिक रहमान अब बंगलादेशको सत्ता सम्हाल्दै लोकतान्त्रिक संस्थाहरू पुनर्स्थापना र आर्थिक पुनरुत्थानको कठोर परीक्षा सामना गर्ने तयारीमा छन्।

