काठमाडौं, फागुन ६ — बङ्गलादेशका प्रधानमन्त्री ले नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
ढाकामा मंगलबार साँझ परराष्ट्रमन्त्री सँग भएको भेटमा प्रधानमन्त्री रहमानले नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति सद्भाव व्यक्त गर्दै निर्वाचन सफलताकाे कामना गरेका हुन्।
भेटका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै नेपालका प्रधानमन्त्री ले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए। सन्देशमा दुई देशबीच आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनामा सहकार्य बढाउने नेपालको इच्छा व्यक्त गरिएको थियो।
राजदूतावासका अनुसार मन्त्री शर्माले बङ्गलादेशमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र रहमान नेतृत्वको सरकारले बहुमत हासिल गरेकोमा बधाई दिएका थिए।
दुवै पक्षले नेपाल–बङ्गलादेश सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याउँदै व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री रहमानको शपथग्रहण समारोहमा सहभागी हुन मन्त्री शर्मा गत सोमबार ढाका गएका थिए र बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।






