निर्वाचनविरोधी गतिविधिमा संलग्न आरोपमा ऋषि कट्टेल पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन ६ — निर्वाचनको विरोध गर्दै आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेल लाई प्रहरीले बुधबार कीर्तिपुरबाट पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार कट्टेलसहित हालसम्म चार जनालाई पक्राउ गरिएको छ। यसअघि नेकपा (बहुमत) का महासचिव , नेता तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रहरीका अनुसार आसन्न निर्वाचनविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment