नेदरल्याण्ड्समाथि १७ रनको जित, भारत सुपर आठमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन ७ (बिहीबार) — जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार चौथो जित दर्ता गर्दै सुपर आठ चरणमा स्थान सुरक्षित गरेको छ।

बुधबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो। भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनायो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।

लगातार चार खेल जित्दै भारत ८ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै सुपर आठ चरणमा प्रवेश गरेको छ। नेदरल्याण्ड्स भने ४ खेलमा १ जित र ३ हारसहित २ अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ।

समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन्। समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्ड तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड अन्तिम आठमा प्रवेश गरेका छन्।

Leave a Comment