काठमाडौं, ९ वैशाख — गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। पछिल्लो विवादका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्बन्धित कम्पनीमा सेयर रहेको विषय सार्वजनिक भएपछि गुरुङ चौतर्फी आलोचनामा परेका छन्। सो प्रकरणले राजनीतिक वृत्तमा मात्र नभई सार्वजनिक रूपमा पनि बहस चर्किएको छ।
यही विषयलाई लिएर गृहमन्त्री गुरुङमाथि पदबाट राजीनामा दिन दबाब बढ्दै गएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा उक्त विवाद र त्यसपछिका राजनीतिक अवस्थाबारे कुराकानी हुने अपेक्षा गरिएको छ।
सरकारभित्र उत्पन्न यो परिस्थितिले आगामी राजनीतिक कदम र मन्त्रिपरिषद्को स्थायित्वमा समेत असर पार्न सक्ने आकलन गरिएको छ।

