नेपाल पत्रकार महासंघ बाराको बैठक सम्पन्न

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 46
पढ्न लाग्ने समय : 1 मिनेट

१६ फागुन,बारा: नेपाल पत्रकार महासंघ बाराको जिल्ला कार्य समिति बैठक आज सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले महासंघको कार्यालय संचालनगर्न स्थानीय तहहरुसंग आवश्यक सहयोग मांग गर्ने निर्णय गरेको छ ।
बैठकले महासंघको खाता जिल्ला अध्यक्ष सुवेदी, सचिव पुष्पराज खतिवडा र कोषाध्यक्ष रंजन यादवको संयुक्त हस्ताक्षरबाट संचालन गर्ने निर्णय गरेको जिल्ला सदस्य धिरेन्द्र तिवारीले जानकारी गराए ।

बैठकले जिल्लाका संचारकर्मीहरुलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
बैठकले महासंघको कार्यालय व्यवस्थित तरीकाले संचालनगर्न जिल्ला अध्यक्ष रमेश सुवेदीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति समे!गठन गरेको छ ।

Leave a comment