हिमपातले मनाङका केही मतदान केन्द्र अनुगमनबाहिर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

नार्पाभूमिका केन्द्र पुग्न कठिनाइ; अस्थायी रूपमा सार्ने विकल्पमा छलफल

मनाङ, फागुन ९ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला मनाङका केही दुर्गम मतदान केन्द्रमा सरकारी अधिकारीहरू पुग्न सकेका छैनन्। लगातार हिमपात र कठिन भूगोलका कारण विशेष गरी का मतदान केन्द्रको अनुगमन प्रभावित भएको हो।

प्रमुख जिल्ला अधिकारी का अनुसार नार्पाभूमि क्षेत्रका केन्द्रमा पुग्न सदरमुकाम बाट पैदल दुई दिन लाग्ने भएकाले अनुगमन गर्न समस्या भइरहेको छ। “भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ,” उनले भने।

मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन सम्पन्न भइसकेको छ भने चामे र नासोँ गाउँपालिकाका केन्द्र पनि यसअघि निरीक्षण गरिएको प्रशासनले जनाएको छ। तर नार्पाभूमिका पाँच केन्द्र (नार क्षेत्रमा तीन र फू क्षेत्रमा दुई)मा अझै पुग्न सकिएको छैन।

आवागमन कठिन भएकाले ती मतदान केन्द्र अस्थायी रूपमा सदरमुकाम नजिक सार्ने विषयमा स्थानीय तहसँग छलफल भइरहेको प्रशासनले जनाएको छ। नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मनाङमा कुल ७ हजार मतदाता छन्, जसमध्ये ३ हजार ६२३ महिला र ३ हजार ३७७ पुरुष छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेकामा यसपटक २२१ मतदाता थपिएका हुन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि , र प्रतिस्पर्धामा छन्।

Leave a Comment