९ फागुन २०८२, काठमाडौं/दाङ । दाङको तुलसीपुरमा को झण्डा जलाइएको घटनालाई लिएर ले (रास्वपा) सँग स्पष्टीकरण माग गरेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा तुलसीपुरमा एमालेको झण्डा जलाउँदै पार्टी अध्यक्ष विरुद्ध असभ्य नाराबाजी गरिएको घटनाबारे २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न रास्वपाका सभापतिलाई निर्देशन दिइएको छ। पत्रमा उक्त घटनामा के–कसो भएको हो, झण्डा जलाउने र असभ्य नाराबाजी गर्ने कार्य भएको हो वा होइन भन्ने विषय स्पष्ट गर्न भनिएको छ।
उता दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाइएको घटनामा थप दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा तुलसीपुर–४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन्। यसअघि सोही घटनामा बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका थिए।
प्रहरीका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि अनुसन्धान जारी रहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य पनि अघि बढाइएको छ।

