शुक्रबार १५ फागुन, २०८२-काठमाडौँ — जेनजी आन्दोलनसम्बन्धी तयार पारिएको को एक चर्चित वृत्तचित्रलाई लिएर ले चासो देखाएको छ। आयोगले उक्त सामग्री निर्वाचन आचारसंहितासँग बाझिएको ठहर गर्दै आवश्यक कारबाहीका लागि लाई पत्र पठाएको जनाएको छ।
गत भदौ २३–२४ मा नेपालमा भएको जेनजी आन्दोलनमाथि तयार पारिएको ‘Shot Like the Enemies: Inside Nepal’s Gen Z Uprising’ शीर्षकको डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक ले प्रदर्शनकारीविरुद्ध गोली चलाउन निर्देशन दिएको दाबी गरिएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उक्त सामग्री निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने देखिएकाले काउन्सिललाई ध्यानाकर्षण गराइएको हो। “पत्रमा डकुमेन्ट्री हटाउन भनिएको छैन, तर आचारसंहिताविपरीत सामग्रीबारे आवश्यक कदम चाल्न आग्रह गरिएको छ,” उनले बताए।
भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि भएको जेनजी प्रदर्शनका क्रममा गोली लागेर १९ युवाको ज्यान गएको थियो। वृत्तचित्रमा कर्फ्यु लागू भएको करिब १० मिनेटपछि प्रहरी अधिकृतहरूलाई ‘आवश्यक बल प्रयोग’ गर्न आदेश दिइएको उल्लेख छ।
डकुमेन्ट्रीमा उद्धृत नेपाल प्रहरीका प्रवक्ताका अनुसार उक्त निर्णय सुरक्षा निकायहरू सम्मिलित उच्चस्तरीय सुरक्षा समितिबाट आएको थियो र समिति निर्णयअघि आईजीपी खापुङबाट यस्तो आदेश नआएको दाबी गरिएको छ। यसबारे प्रतिक्रिया लिन खोज्दा खापुङले टिप्पणी गर्न अस्वीकार गरेको पनि वृत्तचित्रमा उल्लेख छ।

