इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१७ फागुन २०८२, आइतबार

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको त्यहाँको राज्य टेलिभिजनले आधिकारिक रूपमा पुष्टि गरेको छ। उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै इरान सरकारले देशभर ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको जनाएको छ।

इरानी राज्य टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको जानकारी सार्वजनिक गरेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त प्रसारणमार्फत निधन पुष्टि गरिएको हो।

यसअघि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर इरानका विदेशमन्त्री अब्बास अराघचीले विदेशी सञ्चारमाध्यमसँगको कुराकानीमा सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए।

ताजा रूपमा भने इरानी राज्य टेलिभिजनबाटै मृत्यु पुष्टि भएपछि खामेनीको अवस्थाबारे चलिरहेको अन्तर्राष्ट्रिय अड्कलबाजी अन्त्य भएको छ। निधनको कारण र अन्त्येष्टिसम्बन्धी विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा कार्यरत खामेनीको निधनपछि इरानको राजनीतिक तथा धार्मिक नेतृत्व संरचनामा महत्वपूर्ण परिवर्तन आउने अनुमान गरिएको छ।

Leave a Comment