काठमाडौं, ९ वैशाख — संघीय मामिला तथा प्रशासन मन्त्रालयले निजामति कर्मचारीहरूलाई आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले जारी गरेको सूचनामार्फत कर्मचारीलाई जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरिएको हो।
सरकारले अघि सारेको शासकीय सुधार कार्यसूचीअनुसार कर्मचारीहरूले आफ्नो काम निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ। सुधारका सय बुँदे कार्यक्रमभित्र कर्मचारीको भूमिका विशेष रूपमा उल्लेख गरिएको छ।
कार्यसूचीमा विद्यमान भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सेवा प्रवाहलाई जनमुखी र उदाहरणीय बनाउने लक्ष्य राखिएको छ। त्यसका लागि आचारसंहिता अक्षरशः पालना गर्नुपर्ने स्पष्ट निर्देशन दिइएको छ।
यस्तै, कर्मचारीहरूले पेशागत मर्यादा कायम राख्दै तटस्थता अपनाउने, सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित रहने वातावरण सुनिश्चित गरिने सरकारको योजना छ।
साथै, कर्मचारीको आचरणसम्बन्धी विषयमा निजामति सेवा ऐन र सम्बन्धित नियमावली पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको
सरकारको कडाइ: कर्मचारीलाई आचारसंहिता पूर्ण कार्यान्वयन गर्न निर्देशन
Leave a Comment
Leave a Comment

