इरानमा अमेरिकी सेना पठाउने सम्भावना नकार्न सकिन्न: डोनाल्ड ट्रम्प

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २५ फागुन।डोनाल्ड ट्रमले इरानमा अमेरिकी सेना पठाउने सम्भावनालाई नकार्न नसकिने बताएका छन्। उनले इरानसँग सम्बन्धित विषयमा सबै विकल्प खुला रहेको संकेत दिएका हुन्।

सँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले आवश्यक परे इरानमा सैन्य कदम चाल्न सक्ने बताए। उनका अनुसार अमेरिकी सेना इरानमा गएर युरेनियम जफत गर्न सक्ने सम्भावना पनि रहेको छ।

ट्रम्पले उक्त युरेनियम परमाणु रिएक्टरका लागि इन्धन बनाउन प्रयोग हुने भए पनि त्यसलाई आणविक हतियार निर्माणमा पनि प्रयोग गर्न सकिने भएकाले अमेरिका सतर्क रहेको बताए।

त्यस्तै उनले इरानको नेतृत्वबारे पनि कडा टिप्पणी गरेका छन्। ट्रम्पले इरानले नयाँ सर्वोच्च नेता चयन गर्दा अमेरिकाको स्वीकृति आवश्यक हुने दाबी गरे। हालका सर्वोच्च नेता को स्थानमा कसैलाई नियुक्त गर्दा अमेरिकाको सहमति नभए त्यस्तो नेतृत्व लामो समय टिक्न नसक्ने उनको चेतावनी थियो।

ट्रम्पले इरानमा स्थिर र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउँदै अमेरिकाले त्यहाँ ‘राम्रो नेता’ देख्न चाहेको पनि उल्लेख गरे। साथै उनले भविष्यमा बारम्बार इरानसँगको तनाव दोहोरिन नदिन अमेरिका सजग रहनुपर्ने बताएका छन्।

Leave a Comment