रवि लामिछाने र बालेन शाहलाई भुटानका प्रधानमन्त्रीको बधाई

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २६ फागुन २०८२ — भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालमा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठूलो जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा नेपाली जनतालाई पनि बधाई व्यक्त गरेका छन्।

प्रधानमन्त्री तोब्गेले सन्देशमा नेपाल र भुटानबीचको न्यानो र मित्रतापूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्। उनले नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुई देशबीचको मित्रतालाई थप गहिरो बनाउने प्रतिबद्धता समेत जनाएका छन्।

नेपालमा हालै सम्पन्न निर्वाचनपछि विभिन्न देशका नेताहरूबाट बधाई आउने क्रम जारी छ। यसै क्रममा भुटानका प्रधानमन्त्री तोब्गेले पनि रवि लामिछाने र बालेन शाहको विजयप्रति शुभकामना व्यक्त गरेका हुन्।

Leave a Comment