अमेरिका–इजरायल आक्रमणमा इरानमा ठूलो क्षति, १३ सयभन्दा बढी सर्वसाधारणको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २७ फागुन २०८२ — अमेरिका र इजरायलले इरानमा गरेको सैन्य आक्रमणका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको इरानले जनाएको छ। फेब्रुअरी २८ यता जारी आक्रमणमा १ हजार ३ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीका अनुसार आक्रमणका कारण हजारौं नागरिक संरचना पनि ध्वस्त भएका छन्। उनका अनुसार कुल ९ हजार ६ सय ६९ नागरिक स्थलहरू नष्ट भएका छन्।

ध्वस्त भएका संरचनामध्ये ७ हजार ९ सय ४३ आवासीय घर रहेका छन् भने १ हजार ६ सय १७ व्यावसायिक तथा सेवा केन्द्रमा पनि क्षति पुगेको छ। त्यस्तै ३२ वटा स्वास्थ्य तथा औषधि सेवा सम्बन्धी भवन, ६५ विद्यालय तथा शैक्षिक संस्था र १३ वटा रेड क्रिसेन्टका भवनहरू पनि आक्रमणमा ध्वस्त भएका छन्।

यसका साथै ऊर्जा आपूर्ति सम्बन्धी विभिन्न संरचनामा पनि क्षति पुगेको इरानी पक्षले जनाएको छ। इरानी प्रतिनिधि इरावानीले नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।

यस घटनाले मध्यपूर्व क्षेत्रमा तनाव झन् बढ्ने चिन्ता व्यक्त गरिएको छ।

Leave a Comment