ओडिशाको अस्पतालमा आगलागी, १० जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत २, २०८२-काठमाडौं । भारतको ओडिशा राज्यस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

कटकमा रहेको एससीबी मेडिकल कलेज एन्ड हस्पिटलको ट्रमा केयर सेन्टरमा आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार शर्ट सर्किटका कारण आगलागी भएको आशंका गरिएको छ।

घटनाका बेला ट्रमा सेन्टरको आईसीयूमा २३ जना बिरामी उपचाररत रहेका थिए। आगलागीपछि अस्पताल क्षेत्रमा अफरातफरी मच्चिएको बताइएको छ।

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाबाट भएको मानवीय क्षतिको पुष्टि गर्दै विस्तृत छानबिनका लागि न्यायिक जाँचको आदेश दिएका छन्। उनले घटनामा लापरवाही देखिए जिम्मेवारमाथि कडा कारबाही गरिने बताएका छन्।

अस्पताल प्रशासन र सुरक्षाकर्मीले आगो नियन्त्रणमा ल्याए पनि घटनाले ठूलो क्षति पुगेको जनाइएको छ।

Leave a Comment