रास्वपाका १८२ सांसदका लागि आजदेखि अभिमुखीकरण, दुई दिन प्रशिक्षण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मङ्गलबार ३ चैत, २०८२-काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आज (मंगलबार) देखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सञ्चालन हुने कार्यक्रममा प्रत्यक्षतर्फ निर्वाचित १२५ र समानुपातिकतर्फका ५७ गरी कुल १८२ सांसद सहभागी भएका छन्।

पार्टीका अनुसार कार्यक्रममार्फत सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण तथा जनप्रतिनिधिको जिम्मेवारीबारे विस्तृत जानकारी दिइनेछ। यससँगै प्रभावकारी र उत्तरदायी भूमिका निर्वाह गर्न आवश्यक सीप विकासमा समेत जोड दिइनेछ।

अभिमुखीकरणमा पार्टीको रणनीति, दीर्घकालीन दृष्टिकोण र नीतिगत प्राथमिकताबारे स्पष्ट पारिनेछ भने संसद्, सरकार र निर्वाचन क्षेत्रबीच समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि प्रशिक्षण दिइने कार्यक्रम रहेको छ।

रास्वपाले दुई दिनको विस्तृत कार्यतालिका तयार गरी सोही अनुसार प्रशिक्षण सञ्चालन गरिरहेको जनाएको छ।

Leave a Comment