काठमाडौं, चैत २२ – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ गराएका हुन्।
यसअघि आजै बसेको प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको थियो। त्यसपछि संवैधानिक व्यवस्था अनुसार उनले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन्।
अर्यालको नियुक्तिसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ, जसले आगामी संसदीय गतिविधि सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्नेछन्।






