४ चैत २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योग–ध्यान सत्रबाट सुरु भएको छ। ललितपुरस्थित होटल टुलिपमा मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रम आज समापन हुँदैछ।
कार्यक्रमको अन्त्यमा पार्टी सभापति ले समापन मन्तव्य दिने कार्यतालिका रहेको छ।
प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरू कार्यक्रममा सहभागी छन्। अभिमुखीकरणको मुख्य उद्देश्य सांसदहरूलाई संसदीय अभ्यास, विधायन प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया लगायत विषयमा स्पष्ट समझ विकास गराउनु हो।
यस्तै, निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम गर्ने तरिका, सुशासन, पारदर्शिता, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा पनि प्रशिक्षण दिइँदैछ। साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा र संसद् भित्र तथा बाहिर समन्वय कसरी गर्ने भन्नेबारे साझा धारणा विकास गर्ने लक्ष्य राखिएको छ।
आजका प्रशिक्षक र कार्यक्रम तालिका
आजको कार्यक्रमअनुसार विभिन्न विषयमा विज्ञहरूले प्रशिक्षण दिँदैछन्।
बिहान ९:००–९:४५ बजे: पूर्वसचिव डा. द्वारा “सरकार सञ्चालन प्रक्रिया : योजना तथा बजेट निर्माण” विषयमा प्रस्तुति
बिहान ९:४५–१०:४५ बजे: पूर्वसचिव द्वारा “सुशासन : अवधारणा र अभ्यास”
त्यसपछि महामन्त्री र केन्द्रीय सदस्य द्वारा “पार्टी र सांसदको सम्बन्ध तथा आचारसंहिता” सम्बन्धी प्रस्तुति
यसपछि सांसदहरूबीच एजेण्डा प्राथमिकता निर्धारणका लागि समूह कार्य र प्रस्तुति हुनेछ।
समापन सत्र
मध्याह्न १२ बजेपछि समापन सत्र सुरु हुनेछ। यस क्रममा:
र ले एजेण्डा प्रस्तुति सहजीकरण गर्ने
सहभागीको तर्फबाट र ले धन्यवाद मन्तव्य राख्ने
अन्त्यमा सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य दिनेछन्।
दिउँसो १ बजे खाजासँगै अभिमुखीकरण कार्यक्रम औपचारिक रूपमा सम्पन्न हुनेछ।

