काठमाडौँ । दुर्गा प्रसाईं लाई नेपाल प्रहरीले फेरि पक्राउ गरेको छ। प्रहरीका अनुसार उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिइएको हो।
सामाजिक सञ्जालमार्फत जथाभावी सामग्री लेखेर दुरुपयोग गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको वीरगञ्ज प्रहरीका एक अधिकृतले जानकारी दिएका छन्। प्रहरीले प्रसाईंमाथि विद्युतीय माध्यमको प्रयोगसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।
दुर्गा प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजकसमेत हुन्। पछिल्लो समय सामाजिक तथा राजनीतिक अभिव्यक्तिका कारण उनी बारम्बार चर्चामा रहँदै आएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
वीरगञ्जबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं
Leave a Comment
Leave a Comment






