काठमाडौं, चैत ८ — निर्वाचन आयोगले निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझाउने कार्यक्रममा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत सहभागी थिए ।
त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल र कानुन मन्त्री अनिल कुमार सिन्हा पनि उक्त कार्यक्रममा उपस्थित रहेका थिए ।
आयोगले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेललाई समेत निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको जनाएको छ ।

