फेटा गाउँपालिकामा प्रमाणबिना १ करोड ५० लाख भन्दा बढी भुक्तानी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा चैत्र ८ । फेटा गाउँपालिकामा आर्थिक वर्ष ०८१/०८२ मा प्रमाणबिना नै रकम भुक्तानी गरिएको पाइएको छ। सार्वजनिक भएको विवरण अनुसार बेरुजु वर्गीकरणमा “प्रमाण कागजात पेश नभएको” शीर्षक अन्तर्गत ठूलो रकम देखिएको हो।
उपलब्ध तथ्यांक अनुसार प्रारम्भिक बेरुजु १ करोड ५० लाख ४४ हजार ५६१ रुपैयाँ रहेकोमा सोमध्ये कुनै पनि रकम फर्छ्योट हुन नसकेको देखिन्छ। बाँकी बेरुजु पनि सोही बराबर कायम रहेको छ। फेंटा गाउँपालिकाको अध्यक्ष रुस्तम अंसारी , तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्र , लेखा प्रमुख भोला प्रसाद यादवले
बेरुजुको विस्तृत विश्लेषण गर्दा “प्रमाण कागजात पेश नभएको” शीर्षकमा मात्र करिब १ करोड १८ लाख ६५ हजार ९४० रुपैयाँ भुक्तानी भएको उल्लेख महालेखाले औलाएको छ । जसले आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। त्यस्तै असुल गर्नुपर्ने तर्फ १२ लाख ५३ हजार ३२२ रुपैयाँ देखिएको छ भने अन्य शीर्षकमा पनि रकम समावेश गरिएको छ।
यसैगरी, अघिल्लो वर्षसम्मको बाँकी बेरुजु ३१ करोड ५८ लाख रुपैयाँ भन्दा बढी रहेकोमा चालु वर्षको थप बेरुजु जोडिँदा कुल बेरुजु ३२ करोड ५८ लाखभन्दा माथि पुगेको देखिन्छ।
स्थानीय तहमा पारदर्शिता र सुशासनको प्रतिबद्धता दोहोर्याइँदै आए पनि प्रमाणबिना भुक्तानीजस्ता घटनाले वित्तीय अनुशासन कमजोर रहेको संकेत गरेको छ। फेंटा गाउँपालिकामा हालै जिम्मेवारी बोकेका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा लगायत सम्बन्धित निकायले यस्ता बेरुजु रकम असुल गर्ने, आवश्यक कागजात पेश गराउने तथा दोषीमाथि कारबाही गर्ने माग सरोकारवालाहरूले गरेका छन्।

Leave a Comment