केपी ओलीलाई भिडियो कन्फ्रेन्स मार्फत अदालतमा उपस्थित गराउने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ चैत, काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्था प्रतिकूल भएकाले भौतिक रूपमा अदालतमा ल्याउन नसकिने भएको छ। त्यसैले उनलाई भर्चुअल माध्यम (भिडियो कन्फ्रेन्सिङ) मार्फत अदालतमा उपस्थित गराउने तयारी थालिएको छ।

शनिबार बिहान ओलीलाई गुन्डुबाट पक्राउ गरी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले उनलाई डुलाउन नहुने र अस्पतालमै राख्न उचित हुने सल्लाह दिएका थिए।

स्रोतका अनुसार, चिकित्सकहरूको सल्लाह अनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेन्सको माध्यमबाट अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाएको छ।

यसैबीच, काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। शनिबारै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक भने अदालतमा भौतिक रूपमा उपस्थित भएका छन्।

ओली र लेखक दुवैलाई भदौ २३ गतेको जेनजी आन्दोलन दमन सम्बन्धी आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो।

Leave a Comment