मकवानपुरमा भीषण ईभी दुर्घटना, १० जनाको मृत्यु, पाँच जना घाइते

पढ्न लाग्ने समय : 1 मिनेट

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको भीषण सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार, बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय सवारी (ईभी) सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाका बेला उक्त गाडीमा १५ जना सवार थिए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार

दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको भीमफेदीस्थित सुरक्षा बेसबाट डीएसपीको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीसमेत घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा उपचारको व्यवस्था मिलाउने काम भइरहेको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

Leave a Comment