सभामुखका लागि आज उम्मेदवारी दर्ता, २२ गते निर्वाचन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २० — प्रतिनिधि सभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

सचिवालयका अनुसार आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। यदि एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन मिति तय गरिएको हो।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

हाल प्रतिनिधि सभामा रास्वपाको स्पष्ट बहुमत रहेकोले अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।

Leave a Comment