धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक पक्राउ, ४० हजार घुस लिएको आरोप

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक पक्राउ, ४० हजार घुस लिएको आरो

जनकपुरधाम, चैत २० — धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। आयोगका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोकी अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरी प्राप्त भएपछि उनीमाथि निगरानी गरिएको थियो।

उजुरीकै आधारमा खटिएको अख्तियारको टोलीले उनलाई रकमसहित पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Leave a Comment