२१ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गरेको छ ।
पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार उठाउने बताएका छन् ।
उनले नयाँ भनिएका दलहरूले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “सभामुख निर्विरोध चयन भइसकेकोमा बधाइ । अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार उठाउँदैछौं । हेरौं नयाँले नयाँलाई भोट हाल्छ कि पुरानालाई ।”
यसअघि प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध चयन भइसकेका छन् ।

