हाजिरी जमानतमा आज रिहा हुँदै ओली र लेखक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बिहीबार २६ चैत, २०८२-काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज हाजिरी जमानतमा रिहा गर्ने तयारी गरेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट प्राप्त भइसकेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। उनका अनुसार अहिले रिहाइ प्रक्रिया अगाडि बढाइएको छ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान जाने गरी दमन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले दुवैलाई चैत १४ गते पक्राउ गरेको थियो।

स्वास्थ्य समस्याका कारण एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

Leave a Comment