बारामा रास्वपाको नयाँ रणनीति, जिल्ला समिति होइन अब वडा–पालिका अधिवेशनमा जोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारामा रास्वपाको नयाँ रणनीति, जिल्ला समिति होइन अब वडा–पालिका अधिवेशनमा जो
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगर्ने निर्णय गर्दै अब वडा र पालिका तहको अधिवेशनलाई प्राथमिकतामा राख्ने भएको छ । पार्टीले संगठन विस्तारलाई जिल्लाभन्दा तल्लो तहबाट अघि बढाउने रणनीति लिएको हो ।
पार्टीले यसअघि बारा जिल्ला समितिमा देखिएको विवादपछि जिल्ला समिति भंग गरेको थियो । साथै, संस्थापक सभापति चन्दन स्वर्णकार लाई पनि बर्खास्त गरिएको थियो ।
यही विवाद समाधानका लागि केन्द्रीय नेताहरूको उपस्थितिमा शनिबार विस्तारित बैठक आयोजना गरिएको थियो । बैठकले तत्काल नयाँ जिल्ला तदर्थ समिति गठन नगरी वडा र पालिका अधिवेशन सम्पन्न गरेर मात्रै जिल्ला अधिवेशनतर्फ जाने निर्णय गरेको हो ।
निर्णयअनुसार तदर्थ समिति बनिसकेका वडाहरूमा जेठ १२ गते अधिवेशन गरिनेछ । गठन हुन बाँकी रहेका पालिकाहरूमा जेठ १३ गते तदर्थ समिति निर्माण गरिनेछ भने पालिका अधिवेशन जेठ १७ गते गर्ने तयारी गरिएको छ ।
बैठकले वडा तथा पालिका समिति गठन प्रक्रियालाई व्यवस्थित बनाउन पाँच जना प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।
रास्वपाले बारामा देखिएको आन्तरिक विवादपछि संगठनलाई पुनः सक्रिय बनाउन आधार तहबाट संरचना बलियो बनाउने रणनीति अघि सारेको नेताहरूले बताएका छन् ।

Leave a Comment