अब ‘यहाँ श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’ भनेर सूचना टाँस्न नपाइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

शुक्रबार २७ चैत २०८२-काठमाडौँ — वैदेशिक रोजगार विभागले साइबर सेन्टर तथा तालिम केन्द्रहरूबाट श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन दिएको छ।

विभागले सूचना जारी गर्दै चैत ३० गतेभित्र यस्ता भ्रामक सूचनाहरू हटाउन भनेको हो। ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ लगायतका सूचनाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको विभागको भनाइ छ।

विभागका अनुसार श्रम स्वीकृतिसम्बन्धी काम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था छ।

यस्ता काममा भ्रम सिर्जना गर्ने खालका लेखन तथा प्रचारप्रसार तुरुन्त बन्द गर्न निर्देशन दिइएको छ।

निर्देशन उल्लङ्घन गरेमा वैदेशिक रोजगार ऐन २०६४ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

Leave a Comment