२७ चैत २०८२, शुक्रबार,काठमाडौं-प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न निर्वाचनमा उनले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पद जितेकी हुन्। निर्वाचन परिणाम सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराएका थिए।
रुबीकुमारीलाई उनको आफ्नै दलसँगै सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन प्राप्त थियो। नेकपा एमाले भने निर्वाचन प्रक्रियामा सहभागी भएन।
मतदानमा उपस्थित २५६ सांसदमध्ये २२९ जनाले रुबीकुमारीको पक्षमा मतदान गरेका थिए। विपक्षमा ५ मत परेको थियो भने केही सांसद तटस्थ बसेका थिए।






