सभामुख अर्यालका तीन गाडी ट्राफिक कारबाहीमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, बैशाख २ — सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार तीनवटै सवारीसाधन ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाँदै गर्दा ती सवारीहरूले लेन मिचेको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो। प्रहरी टोलीले सिंहदरबारमै पुगेर ती गाडीहरूलाई चिट जारी गरेको जनाएको छ। सभामुखका अगुवा तथा पछुवा सवारी पनि कारबाहीमा समेटिएका छन्।

यसअघि भीभीआईपी सवारीलाई यस्ता नियम उल्लंघनमा कारबाही कमै हुने गरेको भए पनि अहिले नियम सबैका लागि समान रूपमा लागू गरिएको देखिएको छ। गृहमन्त्रीको निर्देशनअनुसार ट्राफिक व्यवस्थापन कडाइ गरिएको बताइएको छ।

थापाथली क्षेत्रमा लेन उल्लंघन गर्दै सिंहदरबार पुगेका ती सवारीहरूलाई अन्ततः ट्राफिक प्रहरीले सिंहदरबार परिसरमै कारबाही गरेको हो।

Leave a Comment