निजी बिधालयले गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अहम भुमिका : नेशनल प्याब्सन बारा अध्यक्ष कुशवाहा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया बैशाख ४ । नेशनल प्याब्सन बाराको अध्यक्ष प्रभुलाल कुशवाहाले निजी बिधालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भुमिका प्रती प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बाराको महागढीमाई नगरपालिका ६ स्थित रहेको डिभाईन प्लस टु बिधालयले कक्षा १० को एस ई ई बिद्यार्थीको लागि गरिएको बिदाई समारोह लाई सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले बर्तमान सरकारले राष्ट्रिय निजी बिधालयलाई ब्यवस्थापन एवं सरकारले प्रदान गर्दै आएको सामुदायिक बिधालय सरह छात्रवृत्ति हरेक छात्रा लाई प्रदान गर्नुपर्नेमा जोड दिनु भएको छ । राष्ट्रिय निजी तथा आवाशिय बिधालय एशोसियसन बाराको अध्यक्ष प्रभुलाल कुशवाहाको प्रमुख अतिथियमा सम्पन्न फेयर वेल कार्यक्रमा डिभाईन सकेन्डरी स्कुलका एस ई ई सात जना बिद्यार्थीलाई सो अवसरमा बिदाई गरिएको छ । बिधालयको प्राचार्य के के उषाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय पुर्व जनप्रतिनिधि पन्न्नालाल साह कलवार , जितेन्द्र गुप्ता , नेपाल पत्रकार महासंघ केन्द्रिय सद्स्य सिकेन्द्र पासवान , मगासंघ बारा अध्यक्ष रमेश सुवेदी , कार्यसमिति सद्स्य नरेश गुप्ता लगायत स्थानीय अभिभावक बिद्यार्थी ,शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको छ । सो अवसरमा बिधालयको शिक्षक राधेश्याम चौरसियाले स्वागत मन्तव्य र बोर्डिङ स्कुलको संस्थापक अध्यक्ष के एस फिगिसनको बिशेष उपस्थिति रहेको थियो ।

Leave a Comment