पूर्व पत्रकार नेता मेहताको आमाको ७२ वर्षमा निधन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ माघ २०८२ | कलैया, बारा — नेपाल पत्रकार महासंघ बारा शाखाका निवर्तमान उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताको ७२ वर्षिय आमा पार्वती देवीको निधन भएको छ।

लामो समयदेखि उपचाररत रहनुभएकी उहाँको बिहीबार बिहान करिब साढे ९ बजे आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। दिवङ्गतका छोरा मुकेश मेहताका अनुसार स्वास्थ्य समस्याका कारण उपचारकै क्रममा उहाँले अन्तिम सास लिनुभएको हो।

उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ बारा शाखाले शोक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

उहाँको निधनको खबरले परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा डुबेका छन्। पत्रकारिता तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरिरहेका छन्।

Leave a Comment