संविधान संशोधन बहसपत्र कार्यदलको बैठक आज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — संविधान संशोधनका मुद्दा पहिचान र कार्ययोजना तय गर्न गठित कार्यदलको दोस्रो बैठक आज बस्दैछ।
समाचार:
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा आयोजना हुनेछ। बैठकमा विभिन्न राजनीतिक दलले दिएका लिखित धारणा, संविधान संशोधनका सम्भावित विषय र कार्यदलको आगामी कार्ययोजनामाथि छलफल हुने बताइएको छ।
यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो।
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी का मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी का देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चा का मनोज भट्टलगायत सदस्य रहेका छन्।
संविधान संशोधनका विषयमा बहस तीव्र भइरहेका बेला कार्यदलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a Comment